कर्णाली । दैलेख-१ (१) बाट प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका पूर्णबहादुर खत्री निर्वाचित भएका छन् । खत्री विजयी भएपछि कर्णालीमा कांग्रेसले आफ्नो खाता खोलेको छ ।
खत्रीले खसेको १९ हजार ९९८ मतमध्ये ९ हजार ४६४ मत ल्याएर विजयी भएका हुन् । उनले नेकपा (एमाले)का धर्मराज रेग्मीलाई १ हजार ३९२ मतान्तरले पछि पार्दै विजय हासिल गरे । रेग्मीले ८ हजार ७२ मत प्राप्त गरे ।
त्यस्तै राप्रपाका उम्मेदवार हृदयराज शाहीले १ हजार ७९, नेमकिपाका जगतबहादुर वलीले ५१५ र स्वतन्त्र उम्मेदवार चित्रबहादुर खत्रीले १९८ मत पाए । मुख्य निर्वाचन अधिकृतको कार्यालय, दैलेखका अनुसार ६७० मत बदर भएको छ । ३५ हजार ४९९ मतदाता भएको उक्त क्षेत्रमा १९ हजार ९९८ मत खसेको थियो । रासस
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।