मधेशका मुख्यमन्त्री लालबाबु राउत प्रदेशसभा सदस्यमा निर्वाचित

Share News

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री एवं जनता समाजवादी पार्टीका लालबाबु राउत प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

मंगलवार मध्यरातमा सार्वजनिक अन्तिम मतपरिणाम अनुसार राउत पर्सा–१ (२) बाट मधेश प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

उनले ७ हजार ५४५ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामनारायणप्रसाद कुर्मीले ६ हजार २१२ मत पाए । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।