ललितपुर–१ (२) मा कांग्रेसका महर्जन विजयी 

Share News

काठमाडौं । ललितपुर–१ (२) बाट प्रदेशसभा सदस्यामा नेपाली कांग्रेसका मीनकृष्ण महर्जन निर्वाचित भएका छन् । नेकपा (एमाले) का चेतनाथ सञ्जेललाई ४ हजार २१४ मतले पछि पार्दै महर्जन बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । 

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार महर्जनले १३ हजार ३७८ मत प्राप्त गरे । उनका निकटतम् प्रतिस्पर्धी एमाले उम्मेदवार सञ्जेलले ९ हजार १६४ मत पाए । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।