काठमाडौं–६ मा स्वतन्त्र पार्टीका शिशिर खनालको अग्रता कायमै, कांग्रेस उम्मेदवार पछ्याउँदै

Share News

काठमाडौं । काठमाडौं–६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले अग्रता कायम गरेका छन् । बुधबार बिहान ३ः३० बजेसम्मको मतगणनाको परिणाम अनुसार उनले ८ हजार ८७५ मत पाएका छन् ।

सो क्षेत्रमा दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका भीमसेनदास प्रधानले ५ हजार ३४२ मत ल्याएका छन् । नेकपा एमालेका सर्वेन्द्र खनालले ५ हजार ३१० मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

उक्त क्षेत्रमा २४ हजार १४८ मत गणना भइसकेको छ । अब उक्त क्षेत्रमा करिब १३ हजार मत गन्न बाँकी छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत गत आइतवार सम्पन्न मतदानमा ३९ हजार ६६ मत खसेको थियो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।