काठमाडौं । यहि चुनावबाट राष्ट्रिय राजनीतिमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक तर्फ पनि आकर्षक मत ल्याएको छ ।रास्पा आकर्षक मत सहित तेस्रो स्थानमा छ ।
यो समाचार तयार पार्दा सम्म प्रतिनिधी सभा तर्फ सो पार्टीले १ लाख १ हजार ७०३ मत ल्याएको छ । समानुपातिक तर्फ एमालेले सर्वाधिक २ लाख २१ हजार ६५३ मत ल्याउँदा नेपाली काँग्रेसले १ लाख ९८ हजार ७६९ मत ल्याएर दोस्रो स्थानमा रहेको छ । त्यस्तै, नेकपा माओवादीले ९८ हजार १८४ मत ल्याउँदा राप्रपाले ५१ हजार ९०० मत ल्याएको छ । एमालेबाट फुटेको नेकपा एकीकृत समाजवादीले भने ११ हजार ९५६ मत मात्रै पाएको छ । यो भनेको मधेशमा भरखरै उदाएको जनमत पार्टीको भन्दा पनि कम हो ।
जनमत पार्टी भन्दा पछाडी समाजवादी
समाजवादीको समानुपातिक तर्फको मत हेर्दा हाल सम्म मजदुर किसान पार्टी १३ हजार ६१७, जनता समाजवदीको १६ हजार ८५६ र जनमत पार्टीले १६ हजार १७६ मत ल्याएका छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।