काठमाडौं। बागलुङ–१ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित भएका छन् ।
बुधबार बिहान सकिएको मतगणनाको अन्तिम मतपरिणाम अनुसार केसीले २१ हजार ४५१ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सूर्यप्रसाद पाठकले १८ हजार ८२५ मत पाए । पाठक यसै क्षेत्रबाट २०७४ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले ९ हजार १८१ मत ल्याउँदा राप्रपाका लक्ष्मीप्रसाद सापकोटाले ९०३ मत पाए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।