बागलुङ–२ बाट माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल निर्वाचित

Share News

काठमाडौं। बागलुङ–२ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित भएका छन् ।

बुधवार अपराह्न सकिएको मतगणनाको अन्तिम मतपरिणाम अनुसार उनले एमालेकी मञ्जु शर्मा चालिसेलाई ४ हजार ५९९ मतान्तरले पराजित गरे । पौडेलले २४ हजार ७७९ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी चालिसेले २० हजार १८० मत प्राप्त गरिन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।