काठमाडौं । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएका छन् ।
बुधवार साँझ सकिएको मतगणनाको अन्तिम मतपरिणाम अनुसार ओली दोब्बरभन्दा बढी मतान्तरले सांसदमा निर्वाचित भएका छन् । ओलीले ५२ हजार ३१९ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खगेन्द्र अधिकारी २३ हजार ७४३ मत पाए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।