दार्चुला–१ बाट कांग्रेसका बडू र कञ्चनपुर–३ बाट लेखक विजयी

Share News

काठमाडौं। दार्चुला–१ बाट प्रतिनिधिसभा सदस्यामा आपूर्तिमन्त्री एवं नेपाली कांग्रेसका नेता दिलेन्द्र बडू निर्वाचित भएका छन् । 

बुधबार राति सकिएको मतगणनाको अन्तिम मतपरिणाम अनुसार उनले २८ हजार ५१५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका गणेश ठगुन्नाले २६ हजार ३८१ मत पाए ।

ठगुन्ना २०७० र २०७४ सालमा दार्चुलाबाट निर्वाचित भएका थिए ।

यस्तै, कञ्चनपुर–३ बाट पनि कांग्रेसकै रमेश लेखक निर्वाचित भएका छन् ।

बुधबार राति सकिएको मतगणनाको अन्तिम मतपरिणाम अनुसार उनले नेकपा एमालेकी निरुदेवी पाललाई १२ हजार ७५ मतान्तरले पराजित गरे । लेखकले ३० हजार ५२३ मत पाउँदा पालले १८ हजार ४४८ मात्र मत पाइन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।