कैलाली–४ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका बलायर विजयी, एमाले सचिव भट्ट पराजित

Share News

कैलाली । कैलाली–४ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका वीरबहादुर बलायर निर्वाचित भएका छन् । बुधबार अबेर राति सकिएको मतगणनाको अन्तिम मतपरिणाम अनुसार उनी साढे ३ हजारभन्दा बढी मतान्तरले विजयी भएका हुन् । उनले २६ हजार १७१ मत पाए ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमाले सचिव एवं सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले २२ हजार ५८७ मत पाए । बलायर कांग्रेस सुदूरपश्चिमका सभापतिसमेत हुन् । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।