काठमाडौं । विश्वकप फुटबल अन्तरगत कतारमा जारी खेलमा बिहीवार चार ओटा खेल हुँदैछ । आजको पहिलो खेलमा समूह जी स्विजरल्यान्ड र क्यामरुन खेल्नेछन् ।
यो खेल नेपाली समय अनुसार अपरान्ह ३ : ४५ बजे शुरु हुनेछ । आजको दोस्रो खेलमा समूह एचको उरुग्वे र दक्षिण कोरिया प्रतिस्पर्धा गर्नेछन् । यो खेल भने साँझ ६ : ४५ बजेदेखि शुरु हुनेछ ।
यस्तै अर्को खेलमा पोर्चुगल र घाना खेल्नेछन् । समूह एच को यो खेल राति ९ : ४५ बजे शुरु हुनेछ । बिहीबार मध्यराति ब्राजिल र सर्बिया खेल्नेछन् । यो खेल राति १२ : ४५ बजे शुरु हुनेछ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।