सबैभन्दा धेरै मतान्तरमा विजयी भए रवि लामिछाने, दोस्रोमा केपी ओलीको मतान्तर धेरै

Share News

काठमाडौं । चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अहिलेसम्म निर्वाचित प्रतिनिधि सभा सदस्य मध्ये सबैभन्दा धेरै मतान्तरमा विजयी भएका  छन् ।

लामिछानेले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका छन् ।

लामिछानेले ४९ हजार २६१ मत प्राप्त गर्दा श्रेष्ठले १५ हजार ९९ मत मात्र ल्याएका छन् ।  

त्यस्तै दोस्रो धेरै मतान्तरमा विजयी हुने नेता एमाले अध्यक्ष केपी शर्मा ओली भएका छन् । ओलीले ५२ हजार ३१९ मत ल्याउँदा उनका निकटतम नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत प्राप्त गरेका छन्।

ओलीले अधिकारीलाई  २८ हजार ५७६ मतान्तरले पराजित गरेका थछन् ।

त्यस्तै माओवादी नेता वर्षमान पुन तेस्रो धेरै मतान्तरमा विजयी भएका छन् । वर्षमान पुनले ४१ हजार ७१४ मत  ल्याउँदा उनका निक६तम एमालेका पूर्ण बुढा मगले १६ हजार ४८५ मत ल्याएका छन् ।

उनीहरूबीचको मतान्तर २५ हजार २२९ रहेको छ ।

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।