झापा -४ मा एमालेका लिम्बू निर्वाचित, फेरि पराजित भए कांग्रेसका थेवे 

Share News

काठमाडौं । झापा ४ बाट नेकपा एमालेका उम्मेदवार लालप्रसाद साँवा लिम्बू निर्वाचित  भएका छन् ।

उनी लगातार दोस्रोपटक प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्। 

गठबन्धन तर्फका नेपाली कांग्रेसका उम्मेदवार देउकुमार थेवेलाई ६ हजार ८६७ मतान्तरले पछि पार्दै साँवा विजयी भएका हुन्।

साँवाले २९ हजार ३ सय १५ मत प्राप्त गरेका छन् भने कांग्रेसका थेवेले २२ हजार ४ सय ४८ मत प्राप्त गरेका छन्।

२०७४ को  प्रतिनिधिसभा निर्वाचनमा पनि लिम्बूले थेवेलाई १६ हजार बढीको मतान्तरले हराएका थिए । त्यतिबेला एमाले-माओवादी गठबन्धन थियो । माओवादीले कांग्रेसँग गठबन्धन गरेपछि उनको मतान्तर घटेपनि विजय रोक्न भने गठबन्धन असफल भएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।