ग्लोबल आइएमई बैंकले रू. ५ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्ने, ब्याजदर कति ?

Share News

 काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले रू. ५ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ ।

कम्पनीले ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि कात्तिक २० गते सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले आगामी ५ वर्ष सम्मका लागि वार्षिक ११ दशमलव २५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।