मिनेन्द्रले एमाले-माओवादी गठबन्धनलाई हराए, सुजाता ५ दलिय गठबन्धन हुँदा पनि हारिन

Share News

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला मोरङ क्षेत्र नम्बर २ मा पराजित भएकी छन् । यस क्षेत्रबाट नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेल प्रतिनिधिसभामा निर्वाचित भएका छन् ।

२०७४ को निर्वाचनमा मिनेन्द्र रिजालले एमाले-माओवादीको गठबन्धनलाई पराजित गरेका थिए । तर अहिले कांग्रेस माओवादी सहित ५ दलिए गठबन्धन गरेर जाँदा पनि कोइरालाले जित्न सकिनन् । 

२०७० सालको संविधानसभा निर्वाचनमा भने पोखरेल सोही क्षेत्रबाट विजयी भएका थिए । त्यतिबेला उनले काैग्रेसकै अमोदप्रसाद उपाध्यायलाई पराजित गरेका थिए । २०७४ मा भने पोखरेल कांग्रेसका रिजालसँग पराजित भएका थिए ।

यो पटक पोखरेलले नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाकी छोरी सुजातालाई पराजित गरे । पोखरेल ३३ हजार १४८ मत ल्याएर विजयी हुँदा कोइरालाले ३१ हजार ९४० मत पाइन् । 

विगतमा गिरिजाप्रसाद कोइराला सोही क्षेत्रबाट लगातार तीन पटक निर्वाचित भएका थिए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।