तेह्रथुमबाट नेपाली कांग्रेसकी सीता गुरुङ विजयी, विजय सुब्बा १ हजारभन्दा बढी मतले पराजित

Share News

काठमाडौं । तेह्रथुमबाट प्रतिनिधि सभा सदस्यमा क्षेत्र नं १ बाट नेपाली कांग्रेसकी सीता गुरुङ निर्वाचित भएकी छन् ।

उनले नेकपा (एमाले) का विजय सुब्बालाई पराजित गरेकी हुन् । गुरुङले १९ हजार ७०२ मत प्राप्त गरेकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी सुब्बाले १८ हजार ६२३ मत पाएका छन् । उनीहरु बीच १ हजार ७९ मतान्तर रहेको छ ।उक्त जिल्लाबाट तेस्रो पटक उम्मेदवार बनेका सुब्बा यसपटक पराजित भएका हुन् ।

सोही जिल्लाको प्रदेश सभा (१) मा भने नेकपा एमालेका किशोरचन्द्र दुलाल र प्रदेश सभा (२) मा नेकपा माओवादी केन्द्रका दुर्गाप्रसाद चापागाई विजयी भएका छन्।  तेह्रथुम निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधि सभा निर्वाचनका लागि सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित विभिन्न पार्टीबाट १० जनाले उम्मेदवारी दिएका थिए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।