काठमाडौं । मोरङको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेस उम्मेदवार डाक्टर शुनिल शर्मा विजयी भएका छन् । उनी नेकपा(एमाले) का उम्मेदवार भानुभक्त ढकाललाई फराकिलो मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।
२०७४ सालको निर्वाचनमा ढकालले शर्मालाई पराजित गरेका थिए । शर्माले ४८ हजार ६३१ मत प्राप्त गरेका छन् भने ढकालले २५ हजार ८९५ मत मात्र प्राप्त गरेका छन् । यसैगरी राप्रपाकी उम्मेदवार बनेकी रेखा थापाले १० हजार ९८८ मत ल्याएकी छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।