काठमाडौं । महोत्तरी क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेस उम्मेदवार महेन्द्र राय यादव निर्वाचित भएका छन् । उनले निकटतम् प्रतिस्पर्धी जनता समाजवादी पार्टीका डा. सुरेन्द्र यादवलाई ४ हजार १२४ मतान्तरले पराजित गरेका हुन् ।
निर्वाचन आयोगका अनुसार महेन्द्रले २५ हजार ४२० मत प्राप्त गरेका छन् भने निकटतम् प्रतिस्पर्धी सुरेन्द्रले २१ हजार २९६ मत प्राप्त गरेका छन् । यसैगरी जनमत पार्टीका मनोजकुमार साहले १० हजार ३९ मत पाएका छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।