प्रत्यक्षतर्फ कांग्रेस अगाडि, एमाले पछिपछि माओवादी केन्द्र

Share News

काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्षतर्फका कुल १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १४८ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

शनिवार अपराह्न ३ बजेसम्मको परिणामअनुसार प्रत्यक्षतर्फ नेपाली कांग्रेस पहिलो, नेकपा (एमाले) दोस्रो र नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा छन् ।   

नेपाली कांग्रेस अहिले पनि सात स्थानमा अग्रस्थानमा रहेको छ । त्यसैगरी नेकपा (एमाले) तीन स्थानमा अगाडि रहेको छ ।

हालसम्म प्रत्यक्षतर्फ नेपाली कांग्रेस ५० स्थानमा विजयी भएको छ । नेकपा (एमाले) ३८ स्थानमा, नेकपा  माओवादी केन्द्र १६, नेकपा (एकीकृत समाजवादी) १० स्थानमा, राष्ट्रिय स्वतन्त्र पार्टी ७ स्थानमा, जनता समाजवादी पार्टी ५ स्थानमा, राष्ट्रिय प्रजातन्त्र पार्टी ७ स्थानमा, लोकतान्त्रिक समाजवादी पार्टी चार स्थानमा विजयी भएको छ ।  

निर्वाचन आयोगको यो आधिकारिक विवरण नभए पनि विभिन्न स्थानमा मतगणना सकिँदा कांग्रेस, एमालेलगायत अन्यका थप विजय उम्मेदवारहरू घोषणा हुने क्रम जारी छ।

निर्वाचन  आयोगका अनुसार दोलखा, स्याङ्जा र बाजुराका तीन क्षेत्रमा मतगणना हुन सकेको छैन । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।