समानुपातिकतर्फ ७० % मतगणना सकियो : ५ दलले मात्रै कटाए थ्रेसहोल्ड, अरू संघर्ष गर्दै

Share News

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ हालसम्म कूल ७६ लाख १२ हजार छ सय ९८ मतगणना गरेको जानकारी दिएको छ । आयोगले साँझ साढे ५ बजेसम्मको उपलब्ध गराएको विवरणअनुसार नेकपा एमालेले सबैभन्दा बढी मत ल्याएर अग्रता लिइरहेको छ भने नेपाली कांग्रेस दोस्रो स्थानमा छ । 
    
त्यसमा सबैभन्दा बढी नेकपा(एमाले)ले २० लाख ८९ हजार ७२ मत प्राप्त गरेको छ । दोस्रोमा रहेको नेपाली कांग्रेसले २० लाख १६ हजार छ सय २५ मत प्राप्त गरेको छ । तेस्रोमा रहेको नेकपा (माओवादी केन्द्र) ले आठ लाख ९१ हजार आठ सय आठ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले आठ लाख ५४ हजार आठ सय ७१ मत प्राप्त गरेको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टीले चार लाख ५८ हजार चार सय ५९ मत, जनता समाजवादी पार्टीले दुई लाख ४८ हजार नौ सय ६८ मत, नेकपा (एकीकृत समाजवादी) ले एक लाख ९३ हजार नौ सय ६४ मत, जनमत पार्टीले एक लाख ७८ हजार दुई सय ३२ मत, नागरिक उन्मुक्ति पार्टीले एक लाख ७५ हजार आठ सय ५९ मत, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख चार हजार तीन सय ४९ मत, नेपाल मजदुर किसान पार्टीले ६८ हजार तीन सय आठ मत प्राप्त गरेका छन् । 

अन्तिम स्थानमा रहेको नेश्नलिष्ट पिपल्स पार्टीले १ हजार एक सय ५९ मत प्राप्त गरेको छ ।

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा कूल ६१ प्रतिशत मतदान भएको थियो । सो निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदातालाई मताधिकार थियो ।    निर्वाचनमा प्रतिनिधिसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि २ हजार चार सय १२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । यसैगरी प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ २ हजार एक सय ९९ उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम गरिएको छ ।

समानुपातिक निर्वाचन प्रणालीमार्फत कूल ११० प्रतिनिधिसभा सदस्य चुनिने संवैधानिक व्यवस्था छ । रासस

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।