काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले चुनावमा धाँधली भएको आरोप लगाएका छन् । इलाम क्षेत्र नं १ बाट वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार खनालले चुनावमा धाँधली भएकाले पुनः मतदान हुनुपर्ने माग गरेका छन् ।
आज पत्रकारसँग कुरा गर्दै उनले भने, 'सरासर धाँधली भएको छ । २ हजार ४२४ मत खसेको मुचुल्का छ । यिनै बाकसमा गन्दा दुई हजार ६९० मतपत्र फेला परेको छ । २६६ मतपत्र बढी भेटियो ।' उनले निर्वाचन ऐनअन्तर्गत त्यो कागजले मान्यता नपाउने बताए ।
उनको प्रश्न छ - 'कसले छिरायो मतपेटिकामा मुचुल्का भन्दा बढी मतपत्र ? मुचुल्का कागज सही हो कि होइन ?'
हालसम्मको गणनाअनुसार इलाम–१ मा नेकपा (एमाले)का महेश बस्नेतले दुई हजार चार सय ५५ मतान्तरले अग्रता लिएका छन् । खनालले १६ हजार ८७ मत प्रप्त गर्दा बस्नेतले १८ हजार पाँच सय ४२ मत पाएका छन् । क्षेत्र नं १ मा ५९ हजार ९०६ मध्ये १७ हजार २५९ मत गणना हुन बाँकी छ । तर खनालले पुनः मतदानको माग गरेका छन् । रासस
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।