काठमाडौं। सर्लाही जिल्ला क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव निर्वाचित भएका छन् ।
उनले लोकतान्त्रिक समाजवादीका वरिष्ठ नेता राजेन्द्र महतोलाई २ हजार ११ मतान्तरले पराजित गरेका हुन् ।
महिन्द्रले २३ हजार ५२९ मत ल्याएका छन् भने प्रतिस्पर्धी राजेन्द्रले २१ हजार ५१८ मत ल्याएका छन् । २०७४ सालमा धनुषा - ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित महतो यस वर्ष क्षेत्र फेरेर सर्लाही जिल्लाबाट उम्मेदवारी दिएका थिए ।
यादव तेस्रो पटक प्रतिनिधिसभामा निर्वाचित भएका हुन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।