सञ्चारमन्त्री कार्कीको क्षेत्रमा अनिश्चितकालका लागि रोकियो मतगणना, कसले गर्‍यो धाँधली ?

Share News

काठमाडौं । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको निर्वचान क्षेत्रमा अनिश्चितकालका लागि मतगणना रोकिएको  छ ।

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा मुख्य निर्वाचन अधिकृतको कार्यालयले अनिश्चितकालका लागि मतगणना स्थगित गरेको छ ।

सर्वदलीय र सर्वपक्षीय छलफलमा विवाद हुँदा मत गणना कार्यको सहज वातावरण नभएको भन्दै  मतगणना रोकिएको हो ।

कांग्रेस उम्मेदवार तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मतगणनाका क्रममा धाँधली भएको आरोप लगाएपछि त्यहाँ विवाद शुरु भएको थियो ।

शुक्रवारराति मतगणनाका क्रममा हुँदै नभएको ६०६ मत एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतकोमा जोडेको आरोप कार्कीले लगाएका थिए ।

कार्कीको आरोपपछि निर्वाचन अधिकृतको कार्यालयमा बसेको सर्वदलीय बैठकमा कुनै सहमति नभएपछि मतगणना नै अनिश्चितकालका लागि स्थगित गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

गणना रोकिनुअघि सार्वजनिक भएको परिणाम अनुसार यहाँ कार्की ९८ मतले अघि छन् । कार्कीले २३ हजार ४३९ र कुसियैतले २३ हजार ३४१ मत पाएका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।