एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले वितरण गर्‍यो लाभांश

Share News

काठमाडौं । एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले यस वर्षको लाभांश वितरण गर्न शुरू गरेको छ ।

एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित खुलामुखी प्रकृतिको यस योजनाले करसमेत ६ प्रतिशत नगद लाभांश सम्बन्धित इकाईधनीहरूको बैंक खातामा जम्मा गरिदिन शुरू गरेको छ । योजनाको यस वर्षको लाभांश प्रयोजनका लागि कात्तिक १५ गते एक दिन बुक क्लोज गरिएको थियो । कात्तिक १४ गतेसम्म कायम इकाईधनीहरूले मात्र योजनाको लाभांश पाउनेछन् । 

मंसिर ९ गतेदेखि लाभांश वितरण गर्न शरू गरिएकाले आफ्नो लाभांश खातामा आए नआएको यकिन गर्नसमेत योजना व्यवस्थापकले अनुरोध गरेको छ । हालसम्म आफ्नो हितग्राही बैंक खाता अद्यावधिक नगराएका इकाईधनीहरूले यथाशीघ्र अद्यावधिक गराई लाभांश प्राप्त गर्न योजना व्यवस्थापकले अनुरोध गरेको छ ।

खुलामुखी प्रकृतिको यस योजनाको लाभांश पुनः लगानी गर्न सकिने व्यवस्थासमेत रहेको छ । लाभांश पुनः लगानी गर्न इच्छुक इकाईधनीहरूसँग आवेदन माग गरी लगानी गर्न नचाहने इकाईधनीहरूको लाभांश भने वितरण गर्न शुरू गरिएको  छ । लाभांश पुनः लगानी योजनामा सहभागी हुनका लागि कात्तिक ३० गतेभित्र आवेदन माग गरिएको थियो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।