कुमारी इक्वीटी फण्ड कात्तिक महीनामा नाफामा

Share News

काठमाडौं । असोज मसान्तसम्म रू. १ करोड ४२ लाखभन्दा बढी नोक्सानीमा रहेको कुमारी इक्वीटी फण्डले कात्तिक मसान्तसम्म रू. ४४ लाख ६७ हजार नाफा गरेको छ ।

कात्तिक महीनामा योजनाको आम्दानीमा सुधार देखिएको छ । असोज मसान्तसम्म रू. ९२ लाखभन्दा बढी ऋणात्मक देखिएको योजनाको कात्तिक मसान्तसम्म कुल आम्दानी रू. १ करोड २९ लाखभन्दा बढी भएको छ ।

कात्तिक मसान्तसम्म योजनाले धितोपत्र दलाल कमिसनसहित धितोपत्रमा गरेको लगानीको कुल लागत रू. ८७ करोड ४८ लाखभन्दा बढी रहेको छ । योजनाले बैंक मुद्दती निक्षेपमा रू. ७ करोड लगानी गरेको छ । धितोपत्र र बैंक मुद्दती निक्षेपमा भएको योजनाको लगानीको बजार मूल्य भने रू. ७४ करोड १२ लाखभन्दा बढी छ ।

यो मूल्य असोज मसान्तसम्म रू. ७३ करोड १४ लाखभन्दा बढी मात्र थियो । असोज मसान्त सम्मको तुलनामा कात्तिक मसान्तसम्म योजनाको धितोपत्रमा भएको लगानीको बजार मूल्य बढेको हो ।

१० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले १० करोड इकाई विक्री गरेको थियो । असोज मसान्तसम्म रू. १० दशमलव १९ रहेको योजनको प्रतिइकाई खुद मूल्य कात्तिक मसान्तसम्म रू. १० दशमलव ३८ पुगेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।