काठमाडौं । कतार विश्वकपमा समूह चरणको पहिलो खेल सम्पन्न हुँदा एशियाली देशको प्रतिनिधित्व गरेर खेलीरहेका साउदी अरब र जापानले मात्रै स्पष्ट ३ अंक जोडेका थिए । साउदी अरबले विश्वकप दाबेदार अर्जेन्टिनालाई २-१ ले पराजित गर्दा जापानले पनि त्यहि गोल अन्तरमा विश्वकपको अर्को दाबेदार जर्मनीलाई पराजित गरेको थियो ।
एशियाबाट विश्वकप खेलीरहेका अष्ट्रेलिया, इरान, कतार अंक बिहिन हुँदा दक्षिण कोरियाले भने पहिलो खेलमा १ अंक जोडेको थियो ।
पहिलो खेलमा सनसनीपूर्ण नतिजा निकालेपछि एशियाली समर्थकले धेरै आशा गरेका साउदी अरब र जापान दोस्रो खेलमा भने सम्हालिन सकेनन् । त्यसको साटो पहिलो खेल गुमाएका इरान र अष्ट्रेलियाले दोस्रो खेलमा जित निकाल्दै दोस्रो चरणको आशा जिवितै राखे । अष्ट्रेलियाले ट्युनीसियालाई १-० र इरानले वेल्सलाई २-० ले पराजित गरेका थिए । कतार भने लगातार २ खेल गुमाएपछि विश्वकपबाट बाहिरिने पहिलो टोली बन्यो ।
कतारमा जारी विश्वकपमा साउदी अरब र जापान यी दुई एशियाली देशले सुधारिएको प्रदर्शन गर्ने अपेक्षा गरिएको थियो । जसरी २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रुपमा आयोजना गरेको विश्वकपमा दक्षिण कोरिया सेमिफाइनलसम्म पुगेको थियो, त्यसै गरि २० वर्षपछि एशियामा आयोजना भएको विश्वकपमा कुनै एशियाली देशले त्यो स्तरको नतिजा निकाल्न सक्ने अपेक्षा फुटबल विश्लेषकहरूको थियो ।
तर समूह चरणको दोस्रो खोलेमा साउदी अरब र जापान दुबै टोली पराजित भएपछि यो वर्ष पनि दक्षिण एशियाली देशको प्रदर्शन समूह चरणमै सीमित हुने हो कि भन्ने चिन्ता थपिएको छ । किनकी अन्तिम खेलमा उनीहरूले सामना गर्ने देश विश्व वरियतामा निकै माथि छन् । साउदी अरब पोल्याण्डसँग २-० ले पराजित हुँदा जापान कोस्टारिकासँग १-० ले पराजित भयो । यी दुइ देश रहेको समूहमा दुवै टोली तेस्रो स्थानमा छन् । समूह चरणको तेस्रो तथा अन्तिम खेलमा साउदी अरबले नेदरल्याण्ड र जापानले स्पेनको सामना गर्ने छन् । जुन खेलमा एशियाली टिमले युरोपियन टिमलाई जित्नै पर्ने दबाब हुने छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।