लाभांश पारितका लागि नेपाल इन्भेष्टमेण्टले बोलायो पुस ७ मा साधारण सभा, बुक क्लोज कहिले ?

Share News

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले ३६औं वार्षिक साधारण सभा पुस ७ गते गर्ने भएको छ ।

कम्पनीको मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले ३६औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । सभाले ४ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश  ( करसमेत)  वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि मंसिर २१ गतेदेखि पुस ७ गते बुक क्लोज गर्ने  जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा मंसिर २० गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।