काठमाडौं । एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि मंसिर १३ गते भोलि बुक क्लोज गरेसँगै आजसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १३ प्रतिशत बोनस शेयर र ७ दशमलव ६८ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले मङ्सिर २६ गते साधारण सभा बोलाएको छ । सभा लैनचौर ब्यांक्वेट लैनचौर, काठमाडौंमा बिहान ११ बजे शुरू हुनेछ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।