काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सोमवार एभरेष्ट बैंकको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।
नेप्सेले १३ प्रतिशत बोनस शेयरको समायोजन पछि शेयरमूल्य रू. ४७७ दशमलव ७९ तोकेको छ । कम्पनीले अन्तिम शेयर मूल्य रू. ५३९ द्यशमलव ९० को आधारमा शेयर मूल्य समायोजन गरेको हो ।
कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनको लागि मंगलवार बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरेको हो ।
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १३ प्रतिशत बोनस शेयर र ७ दशमलव ६८ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले मंसिर २६ गते साधारण सभा बोलाएको छ । सभा लैनचौर ब्यांक्वेट लैनचौर काठमाडौंमा बिहान ११ बजे शुरु हुनेछ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।