काठमाडौं । कतार विश्वकपमा अफ्रिकी राष्ट्र घानाले एशियाली राष्ट्र दक्षिण कोरियालाई पराजित गरेसँगै समूह 'एच'को नकआउट समिकरण रोचक हुने भएको छ ।
पहिलो खेल पोर्चुगलसँग ३-२ ले गुमाएको घानाले दोस्रो खेलमा दक्षिण कोरियालाई ३-२ गोल अन्तरले नै हराएको छ । यो जित सँगै घानाले ३ अंक जोडेको छ ।
१ खेल कम खेलेको पोर्चुगलको पनि समान ३ अंक छ । उरुग्वेले पहिलो खेल दक्षिण कोरियासँग गोलरहित बराबरी खेलेको थियो । उसको पनि १ अंक रहेको छ ।
समूहको दोस्रो खेलमा उरुग्वेले आजै राती पोर्चुगलको सामना गर्दै छ । उक्त खेल पोर्चुगलले जितेमा १ खेल अगावै उ अन्तिम १६ मा स्थान बनाउँने छ । उक्त खेल उरुग्वेले जितेमा वा बराबरी खेलेमा भने अन्तिम १६ मा पुग्ने २ टोलीको टुंगो अन्तिम खेलबाट मात्रै लाग्ने छ ।
समूह चरणको अन्तिम खेलमा दक्षिण कोरियाले पोर्चुगल र घानाले उरुग्वेको सामना गर्ने छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।