धनुषा–४ बाट एमालेका रघुवीर महासेठ विजयी, कांग्रेसका महेन्द्र यादव १२४ मतले पराजित

Share News

काठमाडौं । धनुषा–४ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का रघुवीर महासेठ निर्वाचित भएका छन् । 

सार्वजनिक मतपरिणाम अनुसार महासेठले नेपाली कांग्रेसका महेन्द्र यादवलाई १२४ मतान्तरले पराजित गरे । महासेठले ३२ हजार २३६ मत पाउँदा यादवले ३२ हजार ११२ मत पाए । 

महासेठको जितसँगै एमालेले प्रतिनिधिसभामा ४३ सिट पुर्याएको छ । प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचनतर्फ जित्ने नेपाली कांग्रेसका सांसद ५३ छन् । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।