काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपालले मर्जरका लागि अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
मंसिर १३ गते बसेको दुवै बैंकको सञ्चालक समिति बैठकमा मर्जरको लागि तयार पारिएको अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतासँगै अब दुवै बैंकले विशेष साधारण सभा बोलाएर मर्जरको प्रस्ताव पारित गर्नेछन् ।
नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंकबीच जेठ २७ गते मर्जरमा जाने सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । मर्जरपछि बन्ने कम्पनीको नाम नेपाल इन्भेष्टमेण्ट मेगा बैंक रहनेछ ।
नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक १००ः९० को अनुपातमा मर्जमा जान लागेका हुन् । मर्जरपछि बन्ने कम्पनीको चुक्ता पूँजी रू. ३४ अर्ब ४२ करोडभन्दा बढी पुग्नेछ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।