दोहा । समूह चरणमै पाखा लाग्ने विश्वकपको आयोजक देश बन्ने कलंकबाट जोगिने प्रयासमा मंगलवार राति कतार नेदरल्यान्डसँग समूह चरणको अन्तिम खेल खेल्दैछ । यो खेल कतारको यो तेस्रो अनि अन्तिम खेल हुनेछ ।
अन्तरराष्ट्रिय खेलमा कतार र नेदरल्यान्ड अहिलेसम्म आमनेसामने भएका छैनन् । विश्वकपमा पहिलो पटक यी दुई आमनेसामने हुँदैछन् । नेदरल्यान्डलाई हरायो भने यो कतारको सबैभन्दा ठूलो उपलब्धि हुनेछ । अहिलेसम्म आफ्ना समर्थकहरूलाई खुसी दिन नसकेको कतारले यो खेल जितेमा उसको लागि यो सान्त्वना हुनेछ ।
यसअघिको दुई ओटा खेल कतारले हारिसकेको छ । पहिलो खेलमा इक्वेडर अनि दोस्रोमा सेनेगलसँग कतारले हारेको थियो । ३२ ओटा टोलीबीचको प्रतिस्पर्धामा समूह चरणबाटै बाहिरिने यो सन् २०१० मा दक्षिण अफ्रिकापछि दोस्रो आयोजक देश बनेको छ । विश्वकपबाट बाहिरिने यो वर्षको पहिलो टोली हो कतार । आजको खेल हार्यो भने यो एउटै अंक नबटुलिकन समूह चरणबाट बाहिरिने पहिलो आयोजक देश बन्नेछ ।
सेनेगलसँगको हारपछि कतारका कोच फेलिक्स सान्चेजले विश्वकपमा आफ्नो प्रदर्शनलाई असफलताको संज्ञा दिनु नहुने बताएका छन् । आफूहरूले राम्रो खेल खेलेको उनले शनिवार पत्रकारहरूसमक्ष बताएका थिए । यो प्रतिस्पर्धा अति नै कठिन भएको, आफूहरू अगाडि बढ्न चाहेको भएपनि कहाँबाट आएको हो भन्नेबारे विचार गर्न जरुरी भएको उनले बताए ।
नेदरल्यान्ड यस पटकको विश्वकपमा अघिल्लो पटकको विश्वकपका रेकर्ड सुधार्न खोजिरहेको छ । नेदरल्यान्ड १९७४, १९७८ र २०१० को संस्करणको विश्वकपको रनर अप थियो । शुरुको दुई खेलमा नेदरल्यान्डले ४ अंक बटुलेको छ । यसले सेनेगललाई २–० को अन्तरले हराएको थियो भने इक्वेडरसँग १–१ मा बराबरी खेलेको थियो । नक आउटमा पुग्न नेदरल्यान्डलाई कम्तीमा पनि एउटा बराबरी चाहिएको छ । कतारसँग हारे नै पनि एक्वेडरले सेनेगललाई हरायो भने नेदरल्यान्ड नकआउटमा पुग्न सक्छ ।
दुई खेलमा २ गोल गरेर कोडी गाक्पो नेदरल्याण्डका ब्रेकआउट स्टार बनेका छन् । तर बाँकी खेलाडीको आक्रमण अहिलेसम्म फितलो देखिएको छ । कतार विश्वकपबाट बाहिरिसकेको छ । यस्तोमा यो टोलीलाई हराउन डच टोलीसामु राम्रो अवसर देखिन्छ । तर जसरी नै बाहिरिने नै भएपछि आफ्नो गर्वको लागि भएपनि कतारले खतरनाक खेल्यो भने चाँहि नेदरल्यान्ड आच्छु आच्छु हुन सक्छ ।
प्रतिस्पर्धामा कतारको प्रयास र लगानी देखाउनै भएपनि सान्चेजको टोलीले कम्तिमा एक अंक बनाउनु पर्नेछ । यो विश्वकपमा कतार सबैभन्दा खराब टोली बनेको छ । यसको फाइदा नेदरल्यान्डले उठाउन सक्छ । विश्वकपबाट बाहिरिएपनि कतारको फुटबल टोलीको विकासमा यसले एउटा कोसेढुंगाको काम गर्न सक्छ । एजेन्सी
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।