जित्नै पर्ने दबाबमा अमेरिका, बराबरी खेल्दा पनि नकआउटमा पुग्ने इरानको सम्भावना 

Share News

काठमाडौं ।

विश्वकप शुरु भएको १० दिन मात्रै भएको छ । यो १० दिनमा दुई ओटा समूहको खेल लगभग सकिन थालेको छ । समूह बीमा इरान र अमेरिकाबीचको आजको खेललाई निकै चासोका साथ हेरिएको छ । राजनीनितक तनावका कारण आपसी सम्बन्ध तिक्त रहेको अमेरिका र इरान समूह चरणको अन्तिम खेलमा एक अर्कासँग भिड्दैछन् । 

राजनीतिबाट माथि उठेर हेर्दा फुटबलका फ्यानहरुले यो खेललाई दुई देशको सम्बन्ध बलियो बनाउने अवसरको रुपमा देखेका छन् । समूह चरणको २ खेल खेलको इरानले एक खेलमा जित र एक खेलमा हारसहित ३ अंक बटुलेको छ । दुबै खेल बराबरीमा सकेको अमेरिका २ अंक सहित समूहको अंक तालिकामा तेस्रो स्थानमा छ । नकआउटमा पुग्न इरानलाई जसरी पनि हराउनै पर्ने बाध्यता अमेरिका सामु छ । अमेरिकासँगग बराबरी नै खेल्दा पनि सहजै नकआउटमा पुग्न सकिने सम्भावना इरानी टोलीको छ । 

विश्वकपमा इरान र अमेरिकाबीच यस अघि सन् १९९८ मा फ्रान्समा भएको विश्वकपमा भेट भएको थियो । सन् १९७९ को इरानी क्रान्तियता यी दुई देशको विश्वकपमा यो पहिलो जम्काभेट थियो । इरानी खेलाडीहरुले अमरिकी खेलाडीहरुलाई सेतो गुलाबको झुप्पा दिएर सामूहिक फोटो खिचाएपछि मैदानमा तनावको चिन्ता हराएको थियो । इरानी खेलाडीहरु हमिद इस्तिली र मेहदी माह्दाभिकियाले अमेरिकाविरुद्ध गरेको २–१ गोलसहितको जित विश्वकपमा इरानको पहिलो जित थियो । 

शुक्रबार इरानले वेल्सलाई नाटकीय तवरले हराइदियो । यो शुरुआती खेलमा इंगल्यान्डसँग ६–२ फारकिलो अन्तरको हारको पीडा कम गर्न खेलाडीहरुलाई चाहिएको मलम नै बन्यो । यसले पनि आजको खेलमा अमेरिकालाई हराउन खेलाडीहरुलाई चाहिएको ऊर्जा दिएको छ । अमेरिकालाई हरायो भने इरान इतिहासमै पहिलो पटक नकआउट चरणमा पुग्नेछ । नकआउट चरणमा पुग्नु इरानको लागि फुटबलको प्रतिष्ठाको मात्रै कुरा होइन । यसको अन्य अर्थ पनि निस्कने छ  । 

वेल्सले बेलायतलाई हरायो भने अमेरिकासँग बराबरी नै खेल्दा पनि इरान नकआउटमा जानेछ । इरानलाई हरायो भने अमेरिकाको नकआउटमा पुग्ने सम्भावना कायमै रहन्छ । अमेरिकाले वेल्ससँग १–१ को बराबरी खेलेको थियो भने इंग्ल्यान्डसँग गोलरहित बराबरी भएको थियो । यो विश्वकपमा अवसरलाई गोलमा परिणत गर्न अमेरिका चुकेको छ । अगाडि बढ्ने हो भने यो अप्ठ्यारो अमेरिकाले तोड्नै पर्छ । 

 इरानी टोलीका आधाभन्दा धेरै खेलाडी यूरोप र मध्य पूर्वका क्लबमा खेल्ने खेलाडी छन् । बेयर लेभर्कुसनका फवार्ड सरदार अजमन टोलीका सर्वाधिक गोलकर्ता हुन् । इरानका लागि खेलेको ६७ खेलमा उनले ४१ गेल गरेका छन् । तेरामी अर्का स्टार खेलाडी हुन् । चेल्सी स्टार क्रिष्टियन पुलिसिक अमेरिकी फुटबल टोलीका पोष्टर ब्वाय भएका छन् । अन्तरराष्ट्रिय स्तरमा खेलेका ५२ खेलमा उनले २१ गेल गरेका छन् । युनुस मुसा पनि आशालाग्दा खेलाडी हुन् । 

रमाइलो कुरा चाँहि के छ भने सन् १९९८ ताका अमेरिकी फुटबल संघमा सल्लाहकार रहेका कार्लोस क्विरेज अहिले इरानी टोलीको कोच हुन् । इरानी टोलीमा यो सिजनको यूरोपेली च्याम्पियन्स लिगमा ५ गोल गरेका मेहदी तारेमी छन् । पहिलो खेलमा बेलायतसँग फराकिलो अन्तरले आरेको इरानले दोस्रो खेलमा प्रशंसनीय खेलेको छ । इतिहासमा पहिलो पटक इरान समक्ष अन्तिम १६ मा पुग्ने अवसर छ । एजेन्सी

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।