काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा समूह ए बाट नेदरल्याण्ड र सेनेगल अन्तिम १६ मा पुगेका छन् ।
२०१० विश्वकपको उपविजेता नेदरल्याण्डले अन्तिम खेलमा आयोजक कतारलाई २-० गोल अन्तरले पराजित गर्दै समूह विजेताको रुपमा अन्तिम १६ मा पुगेको हो । उसले २ जित र १ बराबरी सहित ७ अंक जोड्न सफल रह्यो ।
सेनेगलले भने अन्तिम खेलमा इक्वेडरलाई २-१ गोलले पराजित गर्दै समूह उपविजेताको रुपमा अन्तिम १६ मा पुगेको छ । उसले २ खेलमा जित निकाल्दै ६ अंक जोड्न सफल भयो ।
विश्वकपबाट बाहरिएपनि इक्वेडरले १ जित र १ बराबरी सहित ४ अंक जोड्न सफल भयो । तर आयोजक कतार भने अंक बिहिन हुँदै विश्वकपबाट बाहिरियो । उसले इक्वेडर विरुद्ध गरेको १ गोल नै विश्वकप आयोजना गरेको उपलब्धि हुन पुग्यो ।
अन्तिम १६ मा नेदरल्याण्डले समूह बी को उपविजेता र सेनेगलले विजेताको सामना गर्ने छन् ।
समूह बीमा ४ अंक जोडेको बेलायत शीर्ष स्थानमा छ भने ३ अंक जोडेको इरान दोस्रो स्थानमा छ । २ अंक जोडेको अमेरिका तेस्रो र १ अंक सहित वेल्स चौथो स्थानमा छ ।
केही समयपछि हुनेअन्तिम खेलमा इरानले अमेरिका र वेल्सले बेलायतको सामना गर्दै छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।