अमेरिका र बेलायत विश्वकपको नकआउट चरणमा, एशियाली राष्ट्र इरान समूह चरणबाटै बाहिरियो

Share News

काठमाडौं । विश्वकप फुटबल अन्तरगत समूह बी बाट अमेरिका र बेलायत अन्तिम १६ मा पुगेका छन् ।

बेलायतले आफ्नै देशभित्रको टोली वेल्सलाई ३-० ले पराजित गर्दै समूह विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ ।

अर्को खेलमा अमेरिकाले प्रतियोगिताको पहिलो जित निकाल्दै समूह उपविजेताको रुपमा अन्तिम १६ मा स्थान बनाएको छ ।

अमेरिकाले एशियाली राष्ट्र इरानलाई १-० ले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो ।

बेलायतले २ जित र एक बराबरी खेल्दै ७ अंक जोड्दा अमेरिकाले एउटा मात्र जित र २ बराबरी खेलेर ५ अंक जोडेको छ ।

३ अंक जोडिसकेको इरानले अन्तिम खेल बराबरी खेल्दा पनि नकआउट चरण पुग्नेमा उ पराजित हुँदै घर फर्किएको छ । 

वेल्सले भने एउटा मात्रै बराबरी खेलेर १ अंकसहित प्रतियोगिताको अन्त्य गरेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।