काठमाडौं । एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनएमबि फिप्टीले कात्तिक महीनाको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार फण्डको न्याभ असोज मसान्तको तुलनमाा कात्तिक मसान्तमा बढेको छ ।
असोज मसान्तसम्म फण्डको न्याभ रू. १० दशमलव ६७ रहेकोमा कात्तिक मसान्तसम्म बढेर रू. १० दशमलव ८४ पुगेको छ । त्यसैगरी यो फण्ड कात्तिक मसान्तसम्म रू. ४ करोड ९७ लाख नोक्सानीमा रहेको छ । फण्ड असोज महीनामा पनि रू. ७ करोड १६ लाख नोक्सानीमा थियो । यसरी हेर्दा फण्डको नोक्सानी असोजको तुलनाका कात्तिकमा केही घटेको छ ।
कात्तिक महीनामा यस फण्डको खर्चमा वृद्धि भएको र जम्मा आम्दानी रू. ४ करोड ९ लाख ऋणात्मक रहेकाले नोक्सानीमा गएको हो । त्यसैगरी फण्डको सूचीकृत शेयरमा लगानी घटेको छ । फण्डले असोज मसान्त महीनामा सूचीकृत शेयरमा रू. ९२ करोड ८२ लाख लगानी गरेकोमा कात्तिक मसान्त महीनामा रू. ९२ करोड ६९ लाखमा झरेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।