दुई लघुवित्त कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको कति बोनस शेयर ?

Share News

काठमाडौं । हालसम्ममा जम्मा दुई लघुवित्त वित्तीय संस्थाले मात्रै गत आर्थिक वर्ष २०७८/७९ सम्मको  सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र आरएसडिसी लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।  जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट शेयरधनीलाई ७३ प्रतिशत बोनस शेयर र ३ दशमलव ८४ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।

त्यसैगरी आरएसडिसी लघुवित्त वित्तीय संस्थाले ८ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव गरेको छ । यी दुई कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि  शेयरधनीले पाउनेछन् । हाल नेप्सेमा ५१ ओटा लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार हुँदै आएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।