काठमाडौं (अस) । कतार विश्वकपमा बुधवार राति समूह सीको तेस्रो चरणको खेलमा साउदी अरब र मेक्सिको भिड्दैछन् । यो नक आउटमा पुग्नका लागि दुबै टोलीले जसरी भएपनि जित्नु पर्ने खेल हो । यो प्रतिस्पर्धामा मेक्सिकोले अहिलेसम्म एक गोल हानेको छैन । पोल्यान्डसँगको शुरुआती खेलमा गोलरहित बराबरी भएको थियो । अर्जेन्टिनासँग ०–२ ले हारेको थियो ।
अब अन्तिम १६ मा पुग्न मेक्सिकोले साउदी अरबलाई हराउनै पर्छ । साउदी अरबसामु भने अन्तिम १६ मा पुग्न मेक्सिको विरुद्ध कम्तिमा ३ गोल हान्नु पर्ने अवस्था छ । थोरै मात्रै गोलले मेक्सिकोले जित्यो भने पनि मेक्सिकोको अन्तिम १६ को यात्रा पोल्यान्ड र अर्जेन्टिनाको खेलमा निर्भर हुनेछ ।
अगाडि बढ्न दुबै टोलीले खेल जित्नै पर्ने अनि टन्नै गोल गर्नु पर्ने मेक्सिकोका कोच टाटा मार्टिनोले बताएका थिए । साउदी अरबले दुई खेलमा ३ अंक बटुलेर समूहमा तेस्रो स्थानमा छ । अर्जेन्टिनालाई २–१ ले हराउनु नै साउदीको विश्वकपमा सबैभन्दा ठूलो उपलब्धि बन्यो । तर दूर्भाग्यबस शनिबारको खेलमा पोल्यान्डसँग २–० ले हार्न पुग्यो ।
मेक्सिको विरुद्धको खेलमा साउदीले जित्यो भने अन्तिम १६ मा उसको ठाउँ पक्का हुन सक्छ । तर यसका लागि अर्जेन्टिनाले पोल्यान्डसँग हार्नु पर्नेछ । मेक्सिकोले अहिलेसम्म साउदी अरबसँग हारेको छैन । यस अघिका सात ओटा विश्वकपमा मेक्सिको नकआउटमा पुगेको थियो ।
साउदी अरबको टोलीमा मोहम्मद अल–बुरायक, यासिर अल–शाहरानी र सलमान अल–फराजको चोट निको भइसकेको छ । दुई ओटा पहेँलो कार्ड पाएका अब्दुलेलह अल–मल्कीले अेल्न पाउनेछैनन् । अर्जेन्टिनी टोलीमा घाउचोट लागेका खेलाडी छैनन् । साउदी अरबका सालेम अल–दसरीले अर्जेन्टिनाविरुद्धको खेलमा आफ्नो जादू देखाइसकेका छन् । मेक्सिकोको टोलीमा हिर्भिङ लोजानोको दबदबा देखिएको छ ।
तर अवसरलाई गोलमा परिणत गर्न उनले आफ्नो प्रदर्शन सुधार्नु पर्नेछ । पोल्यान्डले अर्जेन्टिनालाई हरायो भने बराबरी साउदीको लागि पर्याप्त हुनेछ । पोल्यान्डले अर्जेन्टिनालाई हरायो भने यो खेलमा जित हात पार्दा मेक्सिको अन्तिम १६ मा जान सक्नेछ । अन्तरराष्ट्रिय खेलमा साउदी अरब र मेक्सिको पाँच पटक आमने सामने भएका छन् । यी सबै खेल ९० को दशकका हुन् । तीनओटा खेल कन्फेडरेशन कपमा थिए ।
यी खेलमध्ये तीन चार ओटा मेक्सिकोले जितेको छ भने एउटा बराबरीमा सकियो । अन्तिम पटक साउदी अरब र मेक्सिको सन् १९९९ को कन्फेडरेशन कपमा भेटेका थिए । यो खेलमा मेक्सिकोले साउदीलाई ५–१ ले जितेको थियो । यो खेलमा हार भयो भने विश्वकपबाट बाहिरिने साउदी तेस्रो एशियाली देश हुनेछ । साउदी अरबसँग हार्यो भने सन् १९७८ यता पहिलो पटक नकआउटमा नपुगी मेक्सिकोको विश्वकप यात्रा समाप्त हुनेछ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।