हारेर पनि समूह विजेता भयो फ्रान्स, निर्णायक खेल जित्दै अष्ट्रेलिया दोस्रो चरणमा

Share News

काठमाडौं । समूह चरणको अन्तिम खेलमा पराजित भएपनि फ्रान्स समूह विजेताको रुपमा दोस्रो चरण गएको छ ।

लगातार दुई खेल जितेपछि एक खेल अगावै अन्तिम १६ मा पुगेको फ्रान्स अन्तिम खेलमा ट्युनिसियासँग १-० ले पराजित भएपनि समूह विजेता बनेको हो ।

अर्को खेलमा अष्ट्रेलियाले डेनमार्कलाई १-० ले पराजित गर्दै अन्तिम १६ मा पुगेको छ ।

फ्रान्स र अष्ट्रेलिया दुवैको समान ६ अंक भएपनि गोल अन्तर र हेड टु हेडमा पनि फ्रान्स अघि रहेपछि समूह विजेता बनेको हो ।

अन्तिम खेलमा जित हात पारेको ट्युनिसियाले ४ अंक जोडेपनि अर्को चरण पुग्न सकेन । समूहको अर्को खेलमा डेनमार्क विजयी भएको भए र ट्युनिसिया धेरै गोल अन्तरका आधारमा विजयी भएको भए दोस्रो चरण पुग्ने सम्भावना रहन्थ्यो । 

अब फ्रान्सले अर्जेन्टिना रहेको समूहको उपविजेता र अष्ट्रेलियाले विजेतासँग अन्तिम १६ मा प्रतिस्पर्धा गर्ने छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।