काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले गत वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
बुधवार साँझ बसेको कम्पनीको सञ्चालक समिति बैठकले कुल ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । प्रस्तावित लाभांशमा ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २५ प्रतिशत नगद लाभांश रहेको छ ।
प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको साधारण सभाबाट अनुमोदन भएपछि शेयरधनीले पाउनेछन् । कम्पनीले अघिल्लो आर्थिक वर्षमा ५ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३० प्रतिशत नगद लाभांश दिएको थियो ।
सेञ्चुरी कमर्सियल बैंक र प्रभु बैंकबीच गत साउन १५ गते संस्था प्राप्तिसम्बन्धी सहमति भएको छ । जसअनुरूप प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गर्नेछ । ती दुवै कम्पनीले आगामी पुस मसान्तभित्रै एकीकृत कारोबार गर्ने गरी प्राप्ति प्रक्रिया अगाडि बढाएका छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।