मेगा बैंकले पुस ७ गते बोलायो साधारण सभा,  ७.७९ प्रतिशत लाभांश पारित हुने

Share News

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले पुस ७ गते १२औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको मङ्सिर १४ गतेको सञ्चालक समितिको बैठकले राष्ट्रिय सभागृह प्रदर्शनी मार्ग, काठमाडौंमा बिहान १० बजे सभा गर्ने निर्णय गरेको छ ।

सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदनसहित वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित कुल ७ दशमलव ७९ प्रतिशत लाभांशलाई समेत वितरणयोग्य बनाउनेछ । यस वर्ष बैंकले हाल कायम चुक्तापूँजी रू. १६ अर्ब १२ करोड ४ लाख ६१ हजारको आधारमा ४ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ३ दशमलव ७९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।

बैंकले बोनस शेयरबापत रू. ६४ करोड ४८ लाख १८ हजार ४५८ र नगद लाभांशबापत रू. ६१ करोड २ लाख ४३ हजार २८० वितरण गर्न लागेको छ । उल्लेखित प्रस्तावसहित सभाले मर्जर तथा प्राप्ति प्रक्रियालाई पूर्णता दिन आवश्यक जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णयसमेत गर्नेछ ।

मेगा बैंक र नेपाल इन्भेष्टमेण्ट बैंक मर्जर प्रक्रियामा रहेका छन् । साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर २३ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा मंसिर २२ गतेसम्म कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन पाउनेछन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।