कात्तिकमा मेगा म्युचुअल फण्ड–१ को नोक्सानी घट्यो 

Share News

काठमाडौं । मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित मेगा म्युचुअल फण्ड–१ कात्तिक मसान्तसम्म रू. ४ करोड ९० लाखभन्दा बढी नोक्सानीमा रहेको छ । असोज मसान्तसम्म रू. ६ करोड ९५ लाखभन्दा बढी नोक्सानीमा रहेको योजनाले यो महिना नोक्सानी घटाएको हो ।

गत महीनाको तुलनामा यो महीना योजनको प्राप्त भईसकेको आम्दानी बढेकाले नोक्सानीमा कमि आएको हो । असोज मसान्तसम्म प्राप्त भईसकेको आम्दानी रू. २ करोड ३१ लाखभन्दा बढी रहेकोमा कात्तिक मसान्तसम्म रू. २ करोड ८१ लाखभन्दा बढी रहेको छ ।

खर्च रकम पनि कात्तिक महीनामा बढेको छ । असोज महीनामा रू. ४८ लाख ५९ हजार रहेको खर्च रकम कात्तिक महीनामा रू. ६४ लाख ६३ हजारभन्दा बढी भएको छ ।
१० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले १२ करोड ५० लाख इकाई जारी गरेको थियो । असोज मसान्तसम्म रू. ८ दशमलव शून्य ८ रहेको प्रति इकाई खुद सम्पत्ति मूल्य कात्तिक मसान्तसम्म रू. ८ दशमलव २५ रहेको छ ।

धितोपत्रमा लगानी गर्ने मुख्य उदेश्य सहित सञ्चालित यस योजनाले कात्तिक मसान्तसम्म धितोपत्रमा गरेको लगानीको धितोपत्र कमिसन सहित रू. १ अर्ब १३ करोड ३ लाख २५ हजार रहेको छ । कात्तिक मसान्तसम्म बैंक मुद्दती निक्षेपमा रू. १० करोड लगानी गरेको छ । यस अवधिसम्म योजनाले धितोपत्रमा र बैंक मुद्दती निक्षेपमा गरेको लगानीको बजारमूल्य रू. ९८ करोड १२ लाखभन्दा बढी रहेको छ ।

असोज मसान्तसम्मको तुलनामा योजनाको लगानीको बजारमूल्य कम भएको हो । असोज मसान्तसम्म यो मूल्य रू. ९९ करोड ६२ लाखभन्दा बढी थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।