आइसिएफसी फाइनान्सले प्रस्ताव गर्‍यो लाभांश 

Share News

काठमाडौं । आइसिएफसी फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७८÷७९ को सञ्चित मुनाफाबाट कुल १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको मंसिर १४ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. १ अर्ब १२ करोड ७१ लाख १५ हजारको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । गत वर्षभन्दा यस वर्ष कम्पनीको लाभांश घटेको छ । गत वर्ष कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ४ प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश वितरण गरेको थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।