सुनसरी-४ मा सञ्चारमन्त्री कार्की विजयी, एमालेका कुसियत ११२ मतान्तरले पराजित

Share News

काठमाडौं । सुनसरी–४ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की  निर्वाचित भएका छन् । 

बिहीवार सार्वजनिक मतपरिणाम अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेका कार्कीले नेकपा (एमाले)का जगदीशप्रसाद कुसियतलाई ११२ मतान्तरले पराजित गरे । कार्कीले ३० हजार ४८३ मतसहित पाउँदा निकटतम प्रतिष्पर्धी कुसियतले ३० हजार ३७१ मत ल्याए । 

कार्कीकाे जितसँगै कांग्रेसकाे प्रतिनिधिसभामा सिट संख्या ५५ पुगेकाे छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।