समूह एफबाट मोरक्को बन्यो समूह विजेता, विश्वकप दाबेदार बेल्जियम समूह चरणबाटै बाहिरियो

Share News

काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा मोरक्को समूह विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ ।

२०१८ को उपविजेता क्रोएशिया सम्मिलित समूहमा विश्वकपको अर्को बलियो टोली बेल्जियमलाई पछि पार्दै मोरक्को समूह विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको हो ।

समूह चरणमा बेल्मियमलाई २-० र क्यानडलाई २-१ गोल अन्तरले हराएको मोरक्कोले क्रोएशियासँग बराबरीको नतिजा सहित अन्तिम १६ मा प्रवेश गरेको हो । यो समूहबाट नकआउट चरण पुग्ने दुवै टोलीले कुनै पनि खेल नगुमाएरै नकआउट चरण प्रवेश गरे । 

क्रोएशियासँग गोलरहित बराबरी खेलेपछि बेल्जियम भने समूहचरणबाटै घर फर्किएको छ । क्रोएशियाले २ बराबरी र १ जितको नतिजा निकाल्दै ५ अंक जोडेर नकआउट चरणमा प्रवेश गरेको हो । बेल्जियम भने १ जित र १ बराबरी सहित ४ अंकमा सीमित भएपछि समूहचरणबाटै घर फर्किनु परेको हो । 

यो समूहको विजेताले समूह ई बाट आउने उपविजेतासँग प्रतिस्पर्धा गर्ने छ । उक्त समूहमा स्पेन,जापान, कोस्टारिका र जर्मनी अन्तिम १६ मा पुग्न प्रतिस्पर्धा गर्दै छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।