काठमाडौं । एशियाली देश जापान कतार विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ ।
समूह चरणको अन्तिम खेलमा स्पेनलाई २-१ गोल अन्तरले पराजित गर्दै जापान नकआउट चरणमा पुगेको हो ।
पहिलो हाफमा १ गोलले पछि परेको स्थिति उल्ट्याउँदै जापानले कतार विश्वकपमा दोस्रो सनसनीपूर्ण नतिजा निकालेको हो । यो सँगै समूह ई बाट जापान समूह विजेता भएर दोस्रो चरण प्रवेश गरेको हो ।
यसअघि समूह चरणको पहिलो खेलमा पनि जापानले ४ पटकको च्याम्पियन जर्मनीलाई पछि परेको अवस्था उल्ट्याउँदै २-१ ले पराजित गरेको थियो ।
जापानले प्रि क्वाटर फाइनलमा अघिल्लो विश्वकपको उपविजेता क्रोएशियासँग प्रतिस्पर्धा गर्नेछ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।