काठमाडौं । ४ पटकको विश्व विजेता जर्मनी लगातार दोस्रोपटक समूह चरणबाटै घर फर्किएको छ ।
२०१४ को समेत विजेता जर्मनी २०१८ मा दक्षिण कोरियाको हातबाट पराजित हुँदै समूह चरणबाटै घर फर्किएको थियो ।
२०२२ मा पनि जर्मनी समूह चरणबाट घर फर्किनुको कारण जापानसँगको अनपेक्षित हार हुन पुगेको छ । समूह चरणको पहिलो खेलमा जर्मनी जापानको हातबाट २-१ ले पराजित भएको थियो ।
जर्मनीले समूहको दोस्रो खेलमा स्पेन सँग १-१ को बराबरी र अन्तिम खेलमा कोस्टारिकामाथि ४-२ को फराकिलो जित निकाले पनि त्यो अघिल्लो चरण प्रवेशका लागि पर्याप्त भएन ।
अन्तिम खेलमा जापानको हातबाट २-१ ले पराजित भए पनि स्पेन समूह उपविजेताको भएर दोस्रो चरण प्रवेश गरेको छ ।
जर्मनी र स्पेनको समान ४ अंक भए पनि गोल अन्तरमा स्पेन अघि रहेपछि जर्मनी लगातार दोस्रोपटक समूह चरणबाटै बाहिरिएको हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।