काठमाडौं । समूह चरणको अन्तिम खेलमा जापानसँग पराजित भए पनि स्पेन दोस्रो चरण प्रवेश गरेको छ ।
समूहमा जर्मनी र स्पेनको समान ४ अंक भए पनि गोल अन्तरमा स्पेन अघि रहँदै नकआउट चरण प्रवेश गरेको हो ।
स्पेनले अन्तिम ८ मा स्थान बनाउन मोरक्कोको सामना गर्नुुुपर्ने छ ।
समूह एफबाट मोरक्को विजेता र क्रोएशिया उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेका छन् ।
कतार विश्वकपमा अब अन्तिम १६ मा पुग्ने २ टोलिको मात्रै टुंगो लाग्न बाँकी छ ।
समूह जी बाट ब्राजिल र एचबाट पोर्चुगल यसअघि नै अन्तिम १६ मा पुगिसकेका छन् ।
अन्तिम खेलबाट समूहको विजेता र उपविजेताको पनि टुंगो लाग्ने छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।