काठमाडौं । कतार विश्वकपमा क्रिस्टियानो रोनाल्डोको पोर्चुगल समूह विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ ।
लगातार २ खेल जित्दै यस अघि नै नकआउटमा प्रवेश गरिसकेको पोर्चुगलले समूहको अन्तिम खेल दक्षिण कोरियाको हातबाट २-१ ले गुमाए पनि समूह विजेताकै रुपमा अन्तिम १६ मा प्रवेश गरेको हो ।
२ जित र १ हार पछि ६ अंक जोडेको पोर्चुगल समूह विजेता बन्यो भने १ जित र १ बराबरी नतिजा निकालेको उरुग्वे र दक्षिण कोरियाले समान ४ अंक जोडे । उरुग्वेलाई गोल अन्तरमा पछि पार्दै दक्षिण कोरिया पनि अन्तिम १६ मा प्रवेश गरेको छ ।
अफ्रिकी टोली घाना अन्तिम खेलमा उरुग्वेसँग २-० ले पराजित भएपछि उ पनि समूह चरणबाटै बाहिरिएको छ ।
पोर्चुगलले ब्राजिल सम्मिलित समूहको उपविजेतासँग र दक्षिण कोरियाले विजेतासँग अन्तिम ८ मा स्थान बनाउन प्रतिस्पर्धा गर्ने छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।